तातोपानी नाकामा नेपाल-चीनबीच सुरक्षा बैठक, चीनले देखायो यी विषयमा चासो

तातोपानी नाकामा नेपाल-चीनबीच सुरक्षा बैठक, चीनले देखायो यी विषयमा चासो

फरक पत्रिका

शनिबार, साउन १८ २०८२

तातोपानी नाकामा नेपाल-चीनबीच सुरक्षा बैठक, चीनले देखायो यी विषयमा चासो

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक हुँदै नेपाल र चीन जोड्ने तातोपानी नाका सहज बनाउन चीनले चासो देखाएको छ । शुक्रबार भएको सुरक्षा बैठकमा चीनले यस्तो चासो देखाएको हो ।

मितेरी पुलपारि झाङ्मु चिनियाँ प्रशासनिक भवनमा सम्पन्न ’क्रस बोर्डर क्राइम’ र सीमा सुरक्षा बैठकमा नाकाबारेछलफल चलेको थियो । यो छलफलमा चीनमा अलपत्र नेपालीलाई उद्धार गर्नसमेत चीनले चासो देखाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।बैठकमा चीनका उच्च अधिकारीले नाकाको आयात–निर्यातबीच सीमा सुरक्षाअन्र्तगत अवाञ्छित गतिविधि हुन नदिने, सम्भावित आपराधिक गतिविधि नियन्त्रण, आपसी मितेरी सम्बन्ध, व्यापारिक क्रियाकलापजस्ता विषयमा चासो देखाएका थिए ।

जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन सुरक्षा लगायतका अधिकारीबीच बैठक बसेको थियो । ’छलफलमा नेपाल–चीनको जनस्तरमा सम्बन्ध, सीमा सुरक्षा व्यवस्थापन, व्यापार पर्यटनको वृद्धिजस्ता महत्त्वपूर्ण विषयका कुरा उठाइएको छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने ।

नेपाल र चीनको ७० औं ऐतिहासिक मित्रता र सम्बन्धमा आपसी सद्भावसहित छलफल र बैठक गरिएको उनले जानकारी दिए । बैठकमा विपद्को अवस्थामा सूचना र पूर्वसर्तकता, निर्यातलाई विशेष प्राथमिकता र नजिकिँदो चाडपर्वका लागि कन्टेनर बढाउन नेपाल पक्षले आग्रह गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित