निर्माण सुरु गरेको १२ वर्षमा बन्यो मध्यभोटेकोशी, अब उत्पादनको तयारीमा

निर्माण सुरु गरेको १२ वर्षमा बन्यो मध्यभोटेकोशी, अब उत्पादनको तयारीमा

फरक पत्रिका

शनिबार, साउन १८ २०८२

निर्माण सुरु गरेको १२ वर्षमा बन्यो मध्यभोटेकोशी, अब उत्पादनको तयारीमा

सिन्धुपाल्चोक। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाका निरीक्षण गरेका छन् । आयोजना सम्पूर्ण काम सकिएर उत्पादनको तयारीमा छ ।

निरीक्षण गर्दै शाक्यले सम्बन्धित अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउसलगायतका संरचनामा बाढी प्रवेश गर्न नसक्ने अवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

शाक्यले ७।२ किलोमिटर लामो सुरुङमार्गमा पानी चुहावट परीक्षण गराई नचुहिने अवस्था पक्का गर्न निर्देशन दिएका छन् । साथै, पावर हाउस र अन्य पूर्वाधारलाई भोटेकोसीमा आउन सक्ने सम्भावित बाढीबाट जोगाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत भनेका छन् ।

बाँध मार्मिङ चाकुमा र पावर हाउस जम्बुमा रहने यस आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । निर्माण कार्य केही महिना अघि नै पूरा भए पनि प्रसारण लाइनको टुंगो नलागेकाले उत्पादन सुरु हुन सकेको थिएन ।

सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनमार्फत विद्युत् प्रणालीमा जोड्ने योजना भए पनि स्थानीय सहमति नजुट्दा लामोसाँघुमार्फत बिजुली प्रवाहको प्रयास गरिएको थियो । तर, त्यहाँ पनि सम्भव नभएपछि अन्ततः प्राधिकरणकै स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केवर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने निर्णय गरिएको हो ।

२०७० देखि निर्माण सुरु भएको आयोजना १२ वर्षमा तयार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित