सिन्धुपाल्चोक । यसअघि सुनकोशी खोलाको पानीको भरमा दैनिकी चलाउँदै आएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली बसेरी गाउँमा खानेपानी पु¥याइएको छ । खोलाको अशुद्ध पानी उपभोगपछि स्थानीयहरु बिरामी पर्न थालेपछि वडा कार्यालयले खानेपानीका लागि पहल थालेको थियो ।
वडाको सिफारिसमा खानेपानी तथा सरसफाई डिभिजन नं. ३ कार्यालय चौतारा सिन्धुपाल्चोकले १० लाख बजेट उपलब्ध गराएको हो । बजेट पाएपछि ठोस्टेघारी काभ्रे बसेरी बृहत खानेपानी योजना सम्पन्न गरिएको वडा अध्यक्ष रेशम तामाङले बताए ।
गाउँमा एक घर एक धारा जडान गरेपछि खानेपानीको हाहाकार अन्त्य भएको छ । घरघरमा धारासहित खानेपानी पुगेपछि स्थानीयहरुमा खुशी छाएको उनले जानकारी दिए ।
घरघरमा खानेपानी पुगेपछि तरकार खेती, नगदेबाली, अन्य खेतीपातमिा समेत पानी पुगेको छ ।