काठाडौं । सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट थप पानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको छ । दैनिक थप आठ करोड पानी ल्याएर वितरण थालिएको हो ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो । काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली पुगेर परीक्षण गरेको थियो ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै पानी ल्याइएको ेलची खानेपानी विकास समितिले जनाएको छ । सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौं ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।
काठमाडौंमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार सफल परीक्षण गरिएको थियो ।
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको वेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तीमा पनि १० देखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।