लार्चामा राखियो बेलिब्रिज, जोडियो बाह्रबिसे–तातोपानी

लार्चामा राखियो बेलिब्रिज, जोडियो बाह्रबिसे–तातोपानी

फरक पत्रिका

शनिबार, जेष्ठ २५ २०८२

लार्चामा राखियो बेलिब्रिज, जोडियो बाह्रबिसे–तातोपानी

सिन्धुपाल्चोक । नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका जोड्ने सडकस्थित लार्चामा बेलिब्रिज राखिएको छ । तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक खण्डको लार्चामा शनिबार बेलिब्रिज जोडिएको हो ।

बाढीले लार्चाको पुल बगाएपछि ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएको थियो। पुल हालिएपनि सञ्चालनमा भने ल्याइएको छैन । पुल हप्तादिनपछि सञ्चालनमा ल्याइने चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए । उनकाअनुसार अहिले पुल फिनिसिङ भएर जोडिएको मात्रै छ ।
कार्यालयका अनुसार प्राप्त ठेक्का समय डेढ महिनाभित्रै एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो बेलिब्रिज जडान गरिएको हो।

सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एन्ड सप्लायर्सले बेलिब्रिज तयार पारेका हुन् । जेठ अन्तिममा फिनिसिङको काम सकेर सडक डिभिजनलाई हस्तान्तरण गरिने लक्ष्य राखिएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित