मध्यभोटेकोशी जलविद्युत आयोजना : दुईपटकको परीक्षण ‘फेल’, अब एक महिनामै विद्युत उत्पादन कति सम्भव ?

मध्यभोटेकोशी जलविद्युत आयोजना : दुईपटकको परीक्षण ‘फेल’, अब एक महिनामै विद्युत उत्पादन कति सम्भव ?

फरक पत्रिका

आइतबार, जेष्ठ १९ २०८२

मध्यभोटेकोशी जलविद्युत आयोजना : दुईपटकको परीक्षण ‘फेल’, अब एक महिनामै विद्युत उत्पादन कति सम्भव ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गातीमा रहेको १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले तेस्रो पटक सुरुङ परीक्षण सकेर जेठलगत्तै विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ ।

यसअघि आयोजनाले विद्युत् उत्पादनका लागि विसं २०८० पुस र २०८१ कात्तिकमा सुरुङमा पानी पठाएर परीक्षण गरेको थियो । त्यसबेलाका परीक्षणमा दुवै पटक पानी चुहिएपछि फेरि सुरुङ ‘रेट्रोफिट’ गर्नुपरेको थियो । अहिले ‘रेट्रोफिट’ गरेर सुरुङ टालिएकाले बाँकी प्रसारण लाइनको काम छिट्टै सकिने आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । ती कार्य सकिनेबित्तिकै जेठपछि विद्युत् उत्पादन गर्ने तयारी थालिएको उनको भनाइ छ ।

विसं २०८० पुसमा परीक्षण गर्दा पानी चुहिएपछि नौ महिना लगाएर सुरुङ टालिएको थियो । २०८१ मा पुनः परीक्षण गर्दा पनि पानी चुहिएपछि अहिले सुरुङको ‘रेट्रोफिट’ गरिएको हो । अब पानी पठाएर सुरुङको तेस्रो पटक परीक्षण गर्न लागिएको हो । आयोजनाको ‘बोर्डरल्यान्ड’ स्थित सुरुङबाट पानी चुहिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित