किन बन्द गरियो कोदारी राजमार्ग ?

किन बन्द गरियो कोदारी राजमार्ग ?

फरक पत्रिका

शनिबार, बैशाख २७ २०८२

किन बन्द गरियो कोदारी राजमार्ग ?

सिन्धुपाल्चोक । साताअघिको वर्षाले भासिएको सडक अझै नबन्दा कोदारी राजमार्ग बन्द गरिने भएको छ । सडक निर्माण सकेपछि खुलाउने भन्दै एक् साताका लागि राजमार्ग बन्द गरिन लागिएको हो ।

सडक अवरुद्ध हुँदा मालबाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन् । वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासिएको थियो ।
्ठेकेदार कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तातोपानी भन्सार,भोटेकोसी गाउँपालिका र ट्रान्सपोर्ट कम्पनीहरूको शुक्रबार बसेको बैठकले एक हप्ता सडक बन्द गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेका छन्।

२८ वैशाखदेखि ३ जेठसम्म कोदारी राजमार्ग तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको हो । भासिएको जोखिमपूर्ण सडकमा ठूला कन्टेनर पास भइरहने र निर्माण पनि भइरहने अवस्था रहँदा दुर्घटना हुने भएकोले सडक बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
सडक डिभिजन कार्यालय चरिकोटको प्रत्यक्ष निगरानीमा भासिएको सडकमुनि भोटेकोसी नदीबाट प्लम ढलानको काम निरन्तर भइरहेको छ । तर अझै समय लाग्ने भएकाले तातोपानी नाका बन्द गरिने भएको छ ।

चीनको खासाबाट तातोपानी आएका मालबाहक कन्टेनर एक सातादेखि लिपिङमा रोकिएका छन्। स्याउ र लसुन बोकेका ३० र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन लिपिङ क्षेत्रमा अलपत्र परेका हुन्। सयभन्दा बढी कन्टेनर खासामा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित