तातोपानी भन्सारबाट भेप गायब, चोरी आरोपमा चार पक्राउ

तातोपानी भन्सारबाट भेप गायब, चोरी आरोपमा चार पक्राउ

फरक पत्रिका

बुधबार, बैशाख २४ २०८२

तातोपानी भन्सारबाट भेप गायब, चोरी आरोपमा चार पक्राउ

सिन्धुपाल्चोक । तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा केही समयअघि विद्युतीय चुरोट (भेप) चोरी भएको छ ।
भन्सारबाट केही दिनअघि ३६ कार्टुन चोरी भएकोमा शंकास्पद चार जनालाई नियन्त्रणमा लिइएको छ । मंगलबार बेलुका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
सीसीटीभी फुटेजको आधारमा माक्स लगाएका केही व्यक्तिले भेप चोरेको देखिएको थियो । जसमा भन्सारका एक सुरक्षाकर्मीको कोठाछेउमा दुई कार्टुन भेप प्रहरीले फेला पारेको थियो ।

भेपको बजार मूल्य औसतमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म रहेको छ । एकै पटक ल्याइएको डेढ लाखभन्दा बढी थान भेप अहिले भन्सारको निगरानीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित