नौ महिनामा तातोपानीबाट दुई हजार ७२४ सवारीसाधन नेपाल भित्रियो

नौ महिनामा तातोपानीबाट दुई हजार ७२४ सवारीसाधन नेपाल भित्रियो

फरक पत्रिका

बिहिबार, बैशाख ११ २०८२

नौ महिनामा तातोपानीबाट दुई हजार ७२४ सवारीसाधन नेपाल भित्रियो

सिन्धुपाल्चोक । नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार ७२४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएको हो । जसबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

सात सय वटा सवारीसाधन अहिले तातोपानी भन्सारमा जाँचपासका लागि राखिएको छ । अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् ।
चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एउटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनी बस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका २२९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाटभन्दा माथिका एक र फोर ह्विलर विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित