भौतिक निर्माणका लागि ईन्द्रावतीलाई भारतीय सहयोग, चार करोड रूपैयाँ खर्चेर के बन्दैछ ?

भौतिक निर्माणका लागि ईन्द्रावतीलाई भारतीय सहयोग, चार करोड रूपैयाँ खर्चेर के बन्दैछ ?

फरक पत्रिका

बुधबार, चैत्र १९ २०८१

भौतिक निर्माणका लागि ईन्द्रावतीलाई भारतीय सहयोग, चार करोड रूपैयाँ खर्चेर के बन्दैछ ?

काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले भारतीय सहयोग अन्तर्गत चार करोड रुपैयाँ भौतिक निर्माणका लागि सहयोग पाएको छ ।नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ईन्द्रावतीका पालिका अध्यक्ष झम्कनाथ नेपाल र भारतीय पक्षले यस सहयोग अन्तर्गतको सम्झौतामा भएको गरे । जस अनुसार ईन्द्रावती गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी निर्माण हुनेछ ।

सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृति प्राप्त भएपछि परियोजनाहरू सुरु हुनेछ ।
नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरूबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । यो निरन्तर सहयोग हुने कार्यक्रम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित