झन् झन् बढ्दै इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो

झन् झन् बढ्दै इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो

फरक पत्रिका

मंगलबार, फाल्गुन २० २०८१

झन् झन् बढ्दै इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो

काठमाडौं । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो बढ्दै गएको छ । पर्यटन प्रवद्र्धन, युुवा स्वरोजगार, प्रदुुषण तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोल तथा डिजेलको मूल्यमा अचाक्ली वृद्धि हुुदा नेपालमा इलेक्ट्रिक सवारी साधनको चासो बढेको हो । नेपालमा मात्र नभएर विश्वभर नै इलेक्ट्रिक सवारी (ईभी) को प्रयोग बढ्दो छ ।

नेपाली बजारमा अहिले ईभीईजी नयाँ टयाक्सी भित्रिएको छ । जेएमईभी ब्रान्डको टयाक्सी सरिना जी टेड्र प्राइभेट लिमिटेडले चाइनाबाट भित्राएको हो । पर्यटन प्रवद्र्धन , य्ुुवा स्वरोजगारका साथै युुवा पलाएन रोक्ने उदेश्यले सो टयाक्सी नेपाल ल्याइएको सरिना जी टे«ड प्राइभेट लिमिटेडका अध्यक्ष राजुु श्रेष्ठका बताउँछन् ।

सरकारले पनि विद्युतीय सवारीको प्रयोगलाई बढी प्राथमिकता दिएको छ । विद्युतीय सवारी साधन वातावरणमैत्री भएकाले पनि यसको फाइदा गाडी नचढ्नेले पनि अप्रत्यक्ष रुपमा लिइरहेका हुन्छन् । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदूषणका कारण विश्वव्यापी रूपमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । वातावरण स्वच्छ राख्न तथा पेट्रोलियम पदार्थहरुमा परनिर्भरता घटाउन साथै युुवा स्वरोजगारका लागि विद्युुतिय टयाक्सीको औचित्य रहेको बागमती प्रदेशमा मुुख्यमन्त्री बहादुुर सिंह लामाको भनाई छ ।

विद्युतीय गाडी अरु पेट्रोलियम गाडी भन्दा फरक रहेको सवारी टयाक्सी चालकहरुको भनाई छ । विद्युतीय सवारी साधन आरामदायी, कम खर्चिलो तथा स्मार्ट देखिने हुुदा यसमा ग्राहहरु खोज्नुु नपर्ने टयाक्सी चालकहरुको बुुझाइ छ । जसका कारण विद्युतिय सवारी साधनमा टयाक्सी चालकदेखि ग्राहहको आकर्षण बढेको पाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित