तातोपानी नाकाबाट भन्सार जाँचका लागि चोभार जान थाल्यो कन्टेनर

तातोपानी नाकाबाट भन्सार जाँचका लागि चोभार जान थाल्यो कन्टेनर

फरक पत्रिका

मंगलबार, फाल्गुन २० २०८१

तातोपानी नाकाबाट भन्सार जाँचका लागि चोभार जान थाल्यो कन्टेनर

सिन्धुपाल्चोक । काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट समेत कन्टेनर जान थालेका छन् । यसअघि वीरगन्जबाट मात्रै कन्टेनर कार्गो चोभारमा भन्सार पास गर्न आउने गरेको थियो ।

१५ फागुनदेखि तातोपानी नाकाबाट मालवाहक सवारीसाधन भन्सार जाँचपासका लागि चोभारमा जान थालेको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार १५ फागुनमा कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चारवटा कन्टेनर तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सीधै चोभार सुक्खा बन्दरगाह ल्याइएका हुन् ।

तातोपानी नाकाबाट समेत कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको हो ।

२२ चैत ०७८ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा हालसम्म दक्षिणी नाका (वीरगन्ज)बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारीसाधन भन्सार जाँचपासका लागि आउने गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित