फेरि बन्द हुने भयो तातोपानी नाका

फेरि बन्द हुने भयो तातोपानी नाका

फरक पत्रिका

मंगलबार, पौस २३ २०८१

फेरि बन्द हुने भयो तातोपानी नाका

सिन्धुपाल्चोक । नेपाल- चीनबीचकाे स्थलमार्ग तातोपानी नाका फेरि बन्द हुने भएको छ। गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएसँगै नाका बन्द गरिन लागिएको हो ।
वैकल्पिक मार्ग नभएकाले निर्माण समयावधिको केही दिन तातोपानी नाका बन्द हुनेछ ।अहिले ह्युमपाइप बिछ्याएर ढुंगामाटोले भरिएको जोखिमपूर्ण बाटोबाट कन्टेनर आवतजावत भइरहेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार लिपिङ खोलामा बेलिब्रिज जडान गर्दा केही दिन सडक बन्द हुने छ। २९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ समकक्षीसँग समन्वय गरेर केही दिनलाई आयात बन्द गर्ने तयारी गरेको जानकारी दिए।
नेपाल–चीन अधिकारीबिच अनौपचारिक छलफल भएअनुसार माघ ६ गतेदेखि २५ गतेसम्म आयात बन्द गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित