धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

फरक पत्रिका

सोमबार, मंसिर १० २०८१

धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

काठमाडौं । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ ।

 

धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढन शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो  ।

यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतवारवाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए ।

 

धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।

 

साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।

 

धरहरा गत असाेज ३ काे संबिधान दिवसकाे दिनवाट सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे । गत शनिवारसम्म धरहरा चढन पैसा नलागे पनि हिजाेवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित