• ट्रेण्डिङ :

…अनि तुईन र फड्केले जोडियो चीनको सीमा तातोपानी नाका

…अनि तुईन र फड्केले जोडियो चीनको सीमा तातोपानी नाका

फरक पत्रिका

बिहिबार, असोज १७ २०८१

…अनि तुईन र फड्केले जोडियो चीनको सीमा तातोपानी नाका

सिन्धुपाल्चोक । शनिबारकाे बाढीले भोटेकोशीको बेलिब्रीज बगायो । अनि सडक सम्पर्कबाट टुट्यो तातोपानी नाका पुग्ने सडक लार्चाबाट ।
भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा थियो बेलिब्रीज । जसले सीमा गाउँ लिपिङ जोडिएको थियोे । त्यही मोटरबेल पुल बगेयता सीमाक्षेत्रको राजधानी जोड्ने सडक सम्पर्क पूरै टुटेको थियो ।
पुल बगेपछि ठप्प बनेको उत्तरी नाका तातोपानी नाकालाई लार्चामा तुइन र फड्के बनाएर जोडिएको छ । अहिले यसकै प्रयोगबाट आउजाउ भइरहेकाे स्थानीय बताउँछन् ।

भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठले सडक डिभिजनको एक र गाउँपालिकाकै खर्चमा एक गरी दुई वटा एक्स्काभेटर, टिपर प्रयोग गरेर ह्युम पाइप राखेर सडक बनाउनेलक्ष्यका साथ काम भइरहेको बताए । ‘तुइनबाट आउजाउ भइरहेको छ, तर तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण हुने भएकाले फड्के हाल्ने काम अन्तिम चरणमा पुगिसकेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने । भोटेकोशी खोलाको सतह अझै नघटेकाले दुई दिनभन्दा बढी समय लाग्ने देखिएको उनको भनाइ छ ।

लिपिङ खोला उर्लिंदा लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलको ठूलो भाग नै ध्वस्त भएपछि क्षतिग्रस्त राजमार्गको विभिन्न खण्डमा मर्मतको काम थालिएको छ । यसअघि गाउँपालिकासँग भएको पुरानो तुइन नै अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित