• ट्रेण्डिङ :

पहिरोले तातोपानी नाका ठप्प हुँदा ९ सय कन्टेनर अलपत्र, व्यवसायीको लगानी डुब्ने खतरा

पहिरोले तातोपानी नाका ठप्प हुँदा ९ सय कन्टेनर अलपत्र, व्यवसायीको लगानी डुब्ने खतरा

फरक पत्रिका

बिहिबार, असोज १७ २०८१

पहिरोले तातोपानी नाका ठप्प हुँदा ९ सय कन्टेनर अलपत्र, व्यवसायीको लगानी डुब्ने खतरा

सिन्धुपाल्चोक । बाढीपहिरोले नेपाल-चीन सीमास्थित लिपिङको पक्की पुल र लार्चास्थित बेलीव्रिज बगाएपछि दशैंको मुखैमा तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै आयात ठप्प हुँदा कराेडौंका सामग्री चीनमै अड्किँदा व्यवसायी मारमा परेका छन् ।

बाढी र पहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाका हुँदै आएको आयात व्यापार ठप्प भएको हो । जसका कारण दशैंका लागि सामान आयात गरेका व्यवसायी लगानी डुब्ने चिन्तामा छन् ।
फलफूल, पोसाक, जुत्ता, ब्याग, चप्पल, कस्मेटिकजस्ता सामान बाटैमा रोकिएको व्यवसायीहरू बताउँछन् । करोडौं रुपैयाँको लगानी डुब्ने अवस्थामा पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

तातोपानी नाका अवरुद्ध हुँदा दशैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेका छन् । उता चीनतर्फ पनि सडक अवरुद्ध भएकाले सामान ल्याउन समय लाग्ने भएपछि व्यवसायी झन् मारमा परेका छन् । नेपालतर्फका सामान भने तुइनबाट तारेर भएपनि भन्सारसम्म ल्याउने व्यवसायीले जनाएका छन् ।

सडक डिभिजन कार्यालय चरिकोटले बाटो खुलाउन एउटा डोजर पठाएको छ त्यो पनि तेल सकिएर थन्किएको छ । विभागको डोजरले काम नगरेपछि भोटेकोशी गााउपालिकाले सडक सफा गर्न र हृयुमपाइप राख्नका लागि कोदारी राजमार्गमा ४ वटा डोजर दैनिक चलाउँदै आएको छ ।

दशैंको बेलामै कोदारी राजमार्गको भौतिक पूर्वाधारको अवस्था अत्यन्तै नाजुक छ । त्यसमाथि नाका नै अवरुद्ध हुँदा व्यवसायीको लगानी र भन्सारको नियमित राजस्वमा समेत असर परिररहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2024 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित