सिन्धुपाल्चोक —उत्तरी नाका तातोपानी जोड्ने एकमात्रै विकल्प कोदारी राजमार्गको लार्चास्थित बेलिब्रिज शनिबार भोटेकोसीले बगाएपछि सीमा नाका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयबाट भन्सार प्रक्रिया सकेर राजधानी काठमाडौँ दसैंका लागि करोडौंका सामाग्री बोकेका सयौँ कन्टेनर लार्चापारि नै थन्किएका छन् ।
भोटेकोसी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार भोटेकोसी नदीले बेलिबिज्र बगाएसँगै यँहाबाट बाह्रबिसे र राजधानी जोड्ने सडक सम्पर्क पुरै टुटेको छ । यो भेग सुनसान बनेको छ ।
इलाका प्रहरी कोदारीकाअनुसार तातोपानीबाट चीन जोड्ने कोदारी राजमार्ग (२६ किलोमिटर) मध्ये तातोपानी – हिन्दी खण्डमा ३५ मिटर सडक भास्सिएको छ । पुरानो भ्यान पार्किङदेखि भोटेकोसी ४ गोलेपा पाङ्शेर्पु गाउँ जोड्ने भित्रि सडकसहित बेलिब्रिज बगाएको छ ।