सिन्धुपाल्चोक । गएरातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदीलगायतमा बाढी आउन सक्ने सम्भावना बढेकाे छ । जल तथा माैसम बिज्ञान विभागले नाकोेटेबाट तल्लाे तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
विभागले जनाएअनुसार नदी तटीय क्षेत्र र होचा भू-भागहरूमा डुबानकाे सम्भावनासमेत रहेकाे छ । विभागले भनेकाे छ- ‘सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक जिल्लाको क्षेत्रभित्र अहिले निरन्तर वर्षा भइरहेको छ ।
विभागले आज देखि ३ दिन सम्म भारी देखि धेरै भारी वर्षा हुने सम्भावना रहेकोले पहिरो, भलवाढी, ढुंगा खस्ने जस्ता विपद्को घटनाहरुबाट जनधनको क्षतिहुन सक्ने हुँदा जोखिमयुक्त स्थानहरुमा उच्च सतर्कता अपनाउनुहुन साथै समुदाय स्तरमा सुचना प्रवाह गरिदिनुहुन समेत अनुरोध गरेकाे हो ।
तस्बिर : मेलम्ची बाढीले डुबान गरेकाे बजार/फाइल तस्बिर