काभ्रेकाे पचास किलोमा पहिराे, धुलिखेलबाट सिन्धुपाल्चोक आउजाऊ बन्द

काभ्रेकाे पचास किलोमा पहिराे, धुलिखेलबाट सिन्धुपाल्चोक आउजाऊ बन्द

फरक पत्रिका

मंगलबार, साउन २२ २०८१

काभ्रेकाे पचास किलोमा पहिराे, धुलिखेलबाट सिन्धुपाल्चोक आउजाऊ बन्द

सिन्धुपाल्चोक। लगातारको वर्षाका कारण पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। लेदाेसहत आएको पहिराेले सिन्धुपाल्चोकबाट काठमाडौं जाने आउने बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पाँचखाल नगरपालिका– ८ पचास किलोस्थित अरनिको राजमार्ग सडकखण्डमा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सडक विभागसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित