बाढीले सिन्धुपाल्चोकका दर्जन बढी पुल बगाउने खतरामा

बाढीले सिन्धुपाल्चोकका दर्जन बढी पुल बगाउने खतरामा

फरक पत्रिका

सोमबार, साउन २१ २०८१

बाढीले सिन्धुपाल्चोकका दर्जन बढी पुल बगाउने खतरामा

सिन्धुपाल्चोक। भीषण बाढीका कारण सिन्धुपाल्चोकका दर्जन मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो ।

बाह्रबिसेमा रहेको मोटरेबल पुललाई भोटेकोशी र खाडीचौरमा रहेको मोटरेबल पुल सुनकोशी नदीको बाढीले जोखिममा पारेको छ । खाग्दल खोलाको बाढीले खाग्दलमा रहेको बेलिब्रिज बगाएको छ । मोटरेबल पुल र बेलिब्रिज जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

गत वर्ष मात्रै मेलम्चीमा हालिएको बेलिब्रिज बाढीले बगाउने अवस्थामा पुगेको छ । नदी खोलामा पानीको बहाव बढेपछि पुलहरू उच्च जोखिममा परेका हुन् । निरन्तरको वर्षाले ठुलासाना नदी र ठाडो खोलामा भीषण बाढी आइरहेको छ । बाढीले पुलछेउका भाग कटान गरेको छ ।

बाह्रबिसे, खाडीचौर, बाहुनेपाटीलगायतका स्थानमा रहेका मोटरेबल पुल ५० वर्ष पुराना छन् । पुराना र बाढीका कारण जोखिममा परेका पुलको संरक्षणका लागि स्थानीय सरकार लागे पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेको छ । जोखिममा रहेका पुलबाटै दैनिक सवारीसाधन आवतजावत भइरहेको छ । पुलको संरक्षणमा तिनै तहका सरकार लाग्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताए।

गोरखापत्र अनलाइनबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित