खागदलमा ह्वीमपाइप राखेपछि अरनिको राजमार्ग खुल्यो

खागदलमा ह्वीमपाइप राखेपछि अरनिको राजमार्ग खुल्यो

फरक पत्रिका

बिहिबार, साउन ३ २०८१

खागदलमा ह्वीमपाइप राखेपछि अरनिको राजमार्ग खुल्यो

सिन्धुपाल्चोक । अविरल वर्षापछि बढेको ठाडोखोलाको बाढीले कोदारी राजमार्गस्थित बेलिब्रिज बगाएपछि बन्द रहेको अरनिको राजमार्ग खुलेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५  खागदलमा नेपाली सेनाले हालिदिएको बेलिब्रिज बगाएपछि ह्वीमपाइप राखेपछि आजबाट बाटो खुलेको हो ।

बेलिब्रिज बगाएपछि तातोपानी भन्सारबाट आउने मालबाहक कन्टेनर बीचबाटोमै रोकिएका थिए ।

बाढीले पुलसँगै केही टहरा पनि बगाएको थियोे । तीन वर्षअघि आएको बाढीले धनजनको क्षति भएपछि बाह्रबिसे नगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा सारेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित