सिन्धुपाल्चोक । अविरल वर्षापछि बढेको ठाडोखोलाको बाढीले कोदारी राजमार्गस्थित बेलिब्रिज बगाएपछि बन्द रहेको अरनिको राजमार्ग खुलेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५ खागदलमा नेपाली सेनाले हालिदिएको बेलिब्रिज बगाएपछि ह्वीमपाइप राखेपछि आजबाट बाटो खुलेको हो ।
बेलिब्रिज बगाएपछि तातोपानी भन्सारबाट आउने मालबाहक कन्टेनर बीचबाटोमै रोकिएका थिए ।
बाढीले पुलसँगै केही टहरा पनि बगाएको थियोे । तीन वर्षअघि आएको बाढीले धनजनको क्षति भएपछि बाह्रबिसे नगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा सारेको थियो।