चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० ले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ । आज आयोजित एक कार्यक्रममा किसानलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले किसानलाई सामग्री हस्तान्तरण गरे ।
मिनिटिलर(ट्याक्टर)-३५ थान, ब्याट्री स्प्रे औषधि छर्ने मेसिन-५० थान, पिठो पिस्ने मिल मेसिन २१ थान हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।