घरेलु मदिरा बनाए जसरी इन्द्रावतीमा उत्पादन गरियो प्रतिलिटर १२ हजारमा बिक्री हुने तितेपातीको तेल

घरेलु मदिरा बनाए जसरी इन्द्रावतीमा उत्पादन गरियो प्रतिलिटर १२ हजारमा बिक्री हुने तितेपातीको तेल

फरक पत्रिका

बिहिबार, असार १४ २०८१

घरेलु मदिरा बनाए जसरी इन्द्रावतीमा उत्पादन गरियो प्रतिलिटर १२ हजारमा बिक्री हुने तितेपातीको तेल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु गरिएको छ। इन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु गरिएको हो ।
घरेलु रक्सी बनाएकोजस्तै तरिकाले यो तेल उत्पादन गरिएको छ । घरेलु मदिरा बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जान्छ। तितेपातीबाट तेल उत्पादन हुने भएपछि स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको छ।
‘पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्सहान गरिनेछ’, इन्द्रावती गाउँपालिका-५ का अध्यक्ष शशिनाथ आचार्यले भने, ‘यसलाई बाँदरले पनि केही नगर्ने हुँदा किसानहरूले तितेपाती खेतीबाट आम्दानी गर्न सक्नेछन्।’ पालिकाले स्थानीयलाई मेसिननद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको उनले बताए।
तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ। सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो। हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन।
तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा अहिले यो तेलको उच्च माग छ,’ उनले भने, ‘स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन्, स्थानीय सरकारले त्यसको पहिचान गर्ने र उद्योग सञ्चालन गर्ने हो भने धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ।’
तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रति किलो मूल्य रहेको उनले बताए। ‘पात पछाडि जति धेरै भुवा भयो उति गुणस्तर मानिन्छ, यस्तो खालको तितेपाती मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बिक्री हुन्छ।’ गाउँमा प्रयोगविहीन भइरहेको तितेपातीबाट आम्दानी गर्नसक्ने उनले बताए।
१ हजार किलो तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ।तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी भएको तेल उत्पादन गर्दै आएका उत्तम बज्रचार्य बताउँछन्। जिउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित