सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तार्केघ्या, ढुंगेलगायतका स्थान बाढीको उच्च जोखिममा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति सिन्धुपाल्चोकमा बाढीको खतरा रहेको जनाएको हो ।
गएरातिदेखि भारी वर्षा भईरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै विभागले राति १ : २० मा सूचना जारी गरेको छ ।
यस्तै, मेलम्ची नदी तटिय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।