सिन्धुपाल्चोकको तार्केघ्याङ बाढीक‍ो उच्च जोखिममा, मेलम्ची नदी तटीय क्षेत्रमा खतरा !

सिन्धुपाल्चोकको तार्केघ्याङ बाढीक‍ो उच्च जोखिममा, मेलम्ची नदी तटीय क्षेत्रमा खतरा !

फरक पत्रिका

बुधबार, असार १३ २०८१

सिन्धुपाल्चोकको तार्केघ्याङ बाढीक‍ो उच्च जोखिममा, मेलम्ची नदी तटीय क्षेत्रमा खतरा !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तार्केघ्या, ढुंगेलगायतका स्थान बाढीको उच्च जोखिममा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति सिन्धुपाल्चोकमा बाढीको खतरा रहेको जनाएको हो ।

गएरातिदेखि भारी वर्षा भईरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै विभागले राति १ : २० मा सूचना जारी गरेको छ ।

यस्तै, मेलम्ची नदी तटिय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित