नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

फरक पत्रिका

मंगलबार, असार १२ २०८१

नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

काठमाडौं । मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित