मेलम्चीमा बाढी, चार गाउँ जोड्ने पुल बगायो

मेलम्चीमा बाढी, चार गाउँ जोड्ने पुल बगायो

फरक पत्रिका

सोमबार, असार ११ २०८१

मेलम्चीमा बाढी, चार गाउँ जोड्ने पुल बगायो

मेलम्ची । गएरातिको वर्षाले मेलम्चीको फट्टेमा रहेको अस्थायी पुल बगाएको छ । अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको हो ।पुल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा रहेको पुल बगाएको वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।
यहाँ रहेको पुल २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो।
फट्टेको ह्युम पाइपको नगर प्रमुख आइतमान तामाङले निरीक्षण गरेका छन् । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने अस्थायी पुल बगाएको हो । नगर प्रमुख तामाङले अब ह्युमपाइपको ब्यबस्थापन गर्ने बताए । बर्खा सुरुभए संगै रातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै तामाङले अब ह्युमपाइप झिकेर सुरक्षित राख्ने बताए ।
‘बर्खा लाग्ने बेलामा झिक्ने र हिउँदमा फेरि राख्ने गरेका थियौं। यसपालि निकाल्ने सल्लाह भइरहेको थियो। बाढीले बगायो,’ वडाध्यक्ष तामाङले भने।
पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ।
ह्युम पाइप क्षति भएसँगै मेलम्ची-९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित