हेलम्बु । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा निर्माणाधीन् षडाक्षरी धर्मचक्र पर्खाल (हिमालयन गुरु रिन्पोछे ग्रेट ट्रेल)ले चीनको ग्रेटवालभन्दा राम्राे भएको प्रतिक्रिया पाएको छ । ग्रेटट्रेलको निरीक्षण गर्दै विश्व बैकका वरिष्ठ अर्थशास्त्री गोविन्द तिमिल्सिनासहितको टोलीले यस्ताे प्रतिक्रिया दिएका हुन् ।
तिमिल्सनासहितको विदेशी प्राध्यापकको टोलीले निर्माणाधीन ग्रेट ट्रेल अवलोकन गरेको थियो ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार शुक्रबार विश्व बैकका वरिष्ठ अनुसन्धान अर्थशास्त्री तिमिल्सनासहितको विदेशी प्राध्यापकको टोलीले निर्माणाधिन् ग्रेट ट्रेल अवलोकन गरेको हो । हेलम्बुको महत्वपूर्ण र बृहत योजनामध्ये एक ट्रेलर हेलम्बुको प्राचीन इतिहास र पर्यटन विकासबारे अध्यक्ष शेर्पाले अर्थशास्त्री तिमिल्सनालाई विस्तृप्त जानकारी गराएका हुन् ।
अमेरिकाबाट केही दिनअघि मात्रै यहाँ आएका अर्थशास्त्रीसहितको टिमले हेलम्बु गापाले निर्माणाधीन् चीनको ग्रेट वालको झझल्को दिने ६० किलोमिटरमध्ये बनिसकेको ८ किमि संरचना अवलोकन गरेका थिए । ‘चीनको ग्रेट वालभन्दा पनि यो राम्रो लाग्यो ,हिमालको काखमा रहेको झण्डै सम्पूर्ण हेलम्बु देख्न सकिने यो ग्रेट ट्रेल देखेर गर्वले छात्ती फुलेको छ,यसमा हाम्रो सहयोग, समन्वय र पूरा साथ रहनेछ, यसले हेलम्बु मात्रै नभई सिंगो देशको पर्यटनमा सघाउन पुग्ने देखिन्छ ।’ अर्थशास्त्री तिमल्सिनाले भने । देशभर आर्थिक निराशा छाइरहेसँगै किशोरकिशोरी वैदेशिक रोजगारीमा धकेलिनुपरेको घटना सम्झँदै यसलाई रोक्न यही रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । अर्थशास्त्री तिमल्सिनाले बौद्ध धर्म र प्राचिन इतिहाशको महत्व बोकेका हुनाले ग्रेट ट्रेल भविष्यमा गएर देशकै लागि अर्थतन्त्रको सहारा बन्ने र यो देखेर आफु धेरै प्रभावित भएकाले आवश्यक सहयोग र पहलकदमीमा जुट्ने उनले जनाए । हेलम्बु गापा ६ स्थित घोप्टेघ्याङमा रहेको हेलम्बु बोधिसत्व मोडेल विद्यालयका बालबालिका ,स्थानीय र शिक्षकले अर्थशास्त्रीको टोलीलाई संगित ,नृत्य प्रस्तुत गर्दै फुलमाला र दोसल्लाले सम्मान गरेका थिए । ह्योल्मो अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोले यहाँ प्राचीन ह्योल्मो सभ्यताबारे अर्थशास्त्रीको टिमलाई जानकारी गराएका थिए । भने ,यो समूहमा वल्र्ड भिजन एडबोकेसी फर्मका कार्यकारी निर्देशक नबराज अधिकारीसमेत् सहभागी थिए । यसअघि आर्थिक समस्याकै कारण तीव्रता दिनमा ढिलाइ भएको ग्रेट बन्नुमा विश्व बैकका अर्थशास्त्रीबाट सहयोगको प्रतिबद्धता पाएपछि नयाँ आसा पलाएको गापा अध्यक्ष शेर्पाले बताए । ‘बजेट मनग्य नहुँदा यसको काम ढिला भएको थियो ,अब विश्व बैकका अर्थशास्त्रीले चासो दिनुभएपछि नयाँ आसा जागेको छ ।’ शेर्पाले भने ।