हेलम्बुको पर्यटन विकासका लागि साहित्य यात्रा, विमोचित हेलम्बु दर्पणमा के छ ?

हेलम्बुको पर्यटन विकासका लागि साहित्य यात्रा, विमोचित हेलम्बु दर्पणमा के छ ?

फरक पत्रिका

आइतबार, जेष्ठ २७ २०८१

हेलम्बुको पर्यटन विकासका लागि साहित्य यात्रा, विमोचित हेलम्बु दर्पणमा के छ ?

हेलम्बु । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ  हेलम्बुलाई थप पर्यटन प्रवद्र्धनका लागि एक पुस्तक प्रकाशन गरिएको छ । विभिन्न साहित्यिक तथा इतिहास समेटिएको पुस्तक लोकार्पण गरिएको हो ।
विभिन्न वरिष्ठ साहित्यकारका कथा ,कविता र नियात्रा लेखिएको हेलम्बु दर्पण नामक पुस्तक विमोचन गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार शनिबार दुई हजार चार सयको उचाइमा रहेको हेलम्बु गापाको घोप्टेघ्याङमा पर्यटन व्यवसायी आङछिरीङ शेर्पाले उक्त कृति विमोचन गरेका हुन् ।
यहाँ ०८० फागुन ६ गते पर्यटनका लागि साहित्य हेलम्बु साहित्य यात्रा २०८०  सुरु गर्दै झण्डै १७ जना अग्रज साहित्यकारले यस कृतिका लागि यात्रा गरेका थिए । हेलम्बु घोप्टेघ्याङबाट सुरु भएको यात्रा दुई दिनभर विभिन्न गाउँ पुग्दै कुटुम्साङमा पुगेर टुंगिएको थियो ।
त्यही क्रममा यहाँका ह्योल्मो समुदायको प्राचीन पंरम्परा, धर्म संस्कति, इतिहास र सुन्दर भूगोललाई वर्णन गर्दै यी साहित्यकारहरुले कथाकविता सृजना गरेको अध्यक्ष शेर्पाले बताए । ‘साहित्यकारको सृजनाको सम्मान गर्दै हेलम्बु गाउँपालिकाको लगानीमा यो कृति प्रकाशनमा ल्याएका छांै, यसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ ,यस कृतिका लागि वरिष्ठ साहित्यकार र स्रष्टाले मेहनत गर्नुभएको छ ।’ शेर्पाले भने । पुस्तकमा पुराना नियात्राकार तथा लेखक राजेन्द्रमान डंगोल , वरिष्ठ साहित्यकारहरु आरएम डंगोल,माधव घिमिरे अटल ,राजकुमार बानिँयाले सम्पादनसहित हेलम्बुको स्याउ, षडाक्षरी धर्मचक्र पर्खाल, आमायांग्री ,अम्बाथान झरनाबारे रोचक कथा र नियात्रा लेखेका छन् । पुस्तकमा हेलम्बुको शिरमा रहेको सेमिसिदाङ ,आमायांग्री, खरानेजस्ता दर्जनौ हिमश्रृंखलाको काखमा रहेको भव्य जंगल ,पहाड ,झरना मात्रै नभई बौद्ध धर्मको पुराना इतिहाशबारे उल्लेख छ ।
बौद्ध धर्मको प्रसिद्ध सम्प्राद्धय बज्रयानका महान बज्रगुरु रिन्पोछे पदमसंम्भवा ,मिलारेपाको तपोभूमीबारे हेलम्बुको चर्चा पुस्तकमा देखिन्छ । भने , पुस्तकमा अन्य स्रष्टाहरु प्राडा ऋषिराम शर्मा, कुमारी लामा, केशव पुडासैनी विमल, जयराम विडारी, प्रभा बराल,डा विन्दु शर्मा, माधव घिमिरे अटल, लक्ष्मी माली, लक्ष्मी रुम्बा ,स्नेह सायमीले आफ्नो यात्राबारे कथा ,कविता लेखेका छन् ।
साहित्यकारले निर्माणाधिन् षडाक्षरी धर्मचक्र पर्खालको अवलोकन गर्दै आफ्नो रचना वाचन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित