संघीय अनुदानः सबैभन्दा बढी चौतारालाई ६७ करोड २६ लाख,त्रिपुरासुन्दरीलाई २७ करोड ६६ लाख मात्र !

संघीय अनुदानः सबैभन्दा बढी चौतारालाई ६७ करोड २६ लाख,त्रिपुरासुन्दरीलाई २७ करोड ६६ लाख मात्र !

फरक पत्रिका

बिहिबार, जेष्ठ २४ २०८१

संघीय अनुदानः सबैभन्दा बढी चौतारालाई ६७ करोड २६ लाख,त्रिपुरासुन्दरीलाई २७ करोड ६६ लाख मात्र !

चौतारा । संघीय सरकारले आगामी आर्थिक  वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाका १२ पालिकालाई ४ अर्ब ६० करोड २६ लाख अनुदान दिने भएको छ । उनीहरुले समानीकरण अनुदान, सशर्त अनुदान,विशेष अनुदान र समपुरक शीर्षकमा यो रकम पाउने भएका हुन् ।
१२ पालिका मध्ये सबैभन्दा धेरै अनुदान चौतारा सागाचोकगढी नगरपालिकाले पाएको छ । उसले ६७ करोड ७९ लाख पाएको छ । त्यसपछि दोस्रोमा धेरै अनुदान मेलम्ची नगरपालिकाले ६२ करोड ४९ लाख पाएको छ ।
इन्द्रावती गाउँपालिकाले ४१ करोड ५१ लाख पाएको छ भने बाह्रबिसे नगरपाालिकाले ३८ करोड ७६ लाख प्राप्त गरेको छ । यसैगरी सुनकोशी गाउँपालिकाले ३५ करोड ५३ लाख पाएको छ ।
आगामी आर्थकि वर्षका लागि पाँचपोखरी थाङ्पालले ३३ करोड ८८ लाख अनुदान पाएको छ । बलेफीले ३२ करोड ९६ लाख पाउँदा जुगल गाउँपालकिाले ३१ करोड ४९ लाख पाएको हो ।
हेलम्बुले ३० करोड ८३ लाख पाएको छ । यसैगरी भोटेकोशीले २८ करोड ८१ लाख, लिसंखुपाखरले २८ करोड ६१ लाख पाएको छ । यसैगरी सबैभन्दा कम त्रिपुरासुन्दरीले २७ करोड ६६ लाख पाएको छ ।
संघीय सरकारले स्थानीय तहहरुलाई समानीकरण, सशर्त, विशेष र समपुरक शीर्षकमा अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित