चाैताराका किसानलाई मौरीसहितको घार

चाैताराका किसानलाई मौरीसहितको घार

फरक पत्रिका

बुधबार, जेष्ठ २३ २०८१

चाैताराका किसानलाई मौरीसहितको घार

सिन्धुपाल्चोक । चाैताराका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा ३२ वटा मौरी सहितको घार वितरण गरिएको हो ।
मौरीपालन तालिम लिएर बसेका किसानलाई मौरी सहितको घार दिइएको नगरपालिकाले जनाएको छ ।
आज स्वाभिमानी बहुद्देश्य सहकारी सँस्थाद्धारा आयोजित एक कार्यक्रममा चौतारा छाप बासी महिला तथा पुरुषहरुलाई मौरी सहितको घार दिइएको हो ।
नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले घार वितरण गरे । उनले आत्मनिर्भर हुनेगरी मौरीपालनमा लाग्न आग्रह समेत गरे ।
उपमेयर सीता थापाले गाउँमै उद्यमसहित रोजगारीको वातावरण सिर्जना गर्न यसले सहयोग पुग्ने बताइन् । सीप विकास तालिमले उपलब्धि होला भन्ने उदेश्यले लगानी गरेको थापाको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित