चाैताराका ४४ जनालाई बरिस्ता तालिम, व्यवसायमा लाग्न सहज भएको विश्वास

चाैताराका ४४ जनालाई बरिस्ता तालिम, व्यवसायमा लाग्न सहज भएको विश्वास

फरक पत्रिका

बिहिबार, जेष्ठ १७ २०८१

चाैताराका ४४ जनालाई बरिस्ता तालिम, व्यवसायमा लाग्न सहज भएको विश्वास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चाैतारामा ४४ युवाले बरिस्ता तालिम लिएका छन्।
उद्योग बाणिज्य कार्यालय र चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेग तथा अरनिको कृषि तथा पशुपालन फर्मले आयाेजना गरेकाे १५ दिने( कफी) बरिस्ता तालिम ४४ जनाले लिएका हुन् ।
जेठ २ गतेबाट अरनिकाे रिसोर्ट प्रा.लि. चाैतारामा सञ्चालित तालिम १६ गतेसम्म चलेकाे थियाे । तालिमकाे एक कार्यक्रमकाे आयाेजना गरि बिहीबार समापन गरिएकाे छ । तालिम समापनमा बाेल्दै नगरप्रमुख कृष्णप्रसाद सापकाेटाले नगरबासीलाई कृषिमा निर्भर बनाउन आवश्यक कार्यक्रम तय गरिएकाे बताउदै कफी उत्पादनमा समेत लाग्न सहभागी र आयाेजक कृषि फर्मलाई आग्रह गरे । नगर उपप्रमुख सीता थापाले तालिमबाट नगरले आगामी दिनमा थप कार्य गर्नकाे लागि प्रेरित गरेकाे बताईन् ।
तालिममा सहभागी बिजय नेपालले कफीकाे धेरै प्रकार हुने रहेछ , बल्ल कफी चिन्न सक्ने भएकाे बताउदै आगामी दिनमा थप तालिम व्यवस्थाकाे माग गरेका थिए ।
त्यस्तै अर्का सहभागी राेशनी दुलालले आगामी दिनमा आफै व्यवसाय गर्न सक्ने र बैदेसिक राेजगारीकाे लागि पनि टेवा पुग्ने धारणा राखिन् ।
तालिममा सहभागिहरु र प्रशिक्षकलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका थिए । त्यस्तै उद्योग बिकास कार्यालयले नगरपालिकालाई तालिममा सहयाेग पुर्याएकाे भनी प्रशंसा गर्दै कदर पत्र प्रदान गरिएकाे थियाे । उक्त कदरपत्र उद्याेग बिकास कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले नगरप्रमुख सापकोटालाई प्रदान गरेका हुन् ।
अरनिकाे कृषि फर्मका व्यवस्थापक दिपेन्द्र घलेले स्थानीय रुपले राेजगारी सिर्जना गर्ने हेतुले कफी उत्पादन देखि प्रसाेधन र परिकार तयारसम्मकाे बिषयबस्तु समेटेर तालिम गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित