फेरि किन सुनसान भयो तातोपानी नाका ?

फेरि किन सुनसान भयो तातोपानी नाका ?

फरक पत्रिका

आइतबार, जेष्ठ १३ २०८१

फेरि किन सुनसान भयो तातोपानी नाका ?

सिन्धुपाल्चोक । नेपाल-चीनबीचको तातोपानी नाका फेरि सुनसान भएको छ ।पछिल्ला दिनदेखि नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् ।
अधिकांश पसल र होटेल ठप्प छन् । केही खुुलेका पसलमा पनि व्यापार छैन । मितेरी पुलमा चीनबाट आयात गरिएका सवारीले भरिएको छ । यसको कारण एउटै छ ,यार्सा सिजन ।
जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनिँयासँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा संकलन गर्न चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् । तातोपानी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा संकलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।
यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजार भन्दा बढी यार्सा संकलक लेकक्षेत्र पुग्ने गथ्र्ये । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सिजनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना यार्सा टिप्न गएको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा ,रमिते , पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका आर्कषक चिनिँया बजारमा झण्डै दुई दर्जन पसल संञ्चालनमा ल्याएका थिए ।
“चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् ,भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन् , फलस्वरुप चिनिँया बजार सुनसान बनेको छ ।”भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले भने । यसअघि नेपाली यार्सा संकलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पुरै बन्देज थियो । चीनको भुभागमा पर्ने गौरीशंकर हिमश्रृंखला र पर्वतको फेदीस्थित लाप्ट»,रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मुल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भएपनि त्यँहा यार्सा संकलन गर्न जाने गरेका थिए ।
अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर पास दिएर यार्सा टिप्न दिएयता उत्साहित यँहाका यार्सा संकलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । आहिले कन्टेनर सिँधै खासा पुगेपछि भूकम्प र पराकम्पनपछि नाका ठप्प हुँदा सुनसान बनेका रमिते र तल्ला मोडक्षेत्रका चिनिँया बजारमा होटेल र पसल खुल्न थालेका छन् ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा केही सुधार आइरहेको बताए । तातोपानीबाट अहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा,फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । ” त्योबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फालफुल र लत्ताकपडासहित अन्य सामाग्री आएका छन् , सवारी पनि भित्रिरहेको छ ।” केसीले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित