यसकारण बर्खामा मेलम्ची जाँदैन काठमाडौं

यसकारण बर्खामा मेलम्ची जाँदैन काठमाडौं

फरक पत्रिका

शुक्रबार, जेष्ठ ११ २०८१

यसकारण बर्खामा मेलम्ची जाँदैन काठमाडौं

सिन्धुपाल्चोक । यस वर्षको बर्खामा पनि मेलम्चीको पानी काठमाडौं नजाने भएको छ । बर्खामा बाढी आउनसक्ने सम्भावना रहेको र बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले काठमाडौं पानी नजाने भएको हो ।
वर्षापछि मेलम्चीमा लेदो सहितको पानी आउने गर्दछ ।लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।
यसाे हुँदा
बर्खाको समय दुई महिना अवधिभर पानी उपत्यका जाँदैन। गतवर्ष बाढीले क्षति गरेको गरेको हेडवक्रस अहिलेसम्म बनेको छैन । यो नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको हो ।
मेलम्चीको माथिल्लो भेगमा ठूलो पानी पर्ने बित्तिकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताए ।
अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आइरहेको छ ।
मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो ।

अघिल्लो पटक बालुवा छिरेकाले सुरुङ सफा गर्न कठिन भएको थियो। यसपटक त्यो नदोहोरियोस् भनेर सुरुमै सावधानी अपनाइएको हो ।
२०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी वर्षायाममा उपत्यका ल्याउन समस्या भएको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित