सिन्धुपाल्चोक । २०७७ सालमा माथिल्लो भेगबाट निम्तिएको बाढीपहिरोले सम्पूर्ण जमिन गुमाएका बाह्रबिसे नगरपालिका वडा ३ का देव बहादुर पाइनले तीन वर्षपछि आवास बनाउन जग्गा पाए । लालपुर्जा हातमा पाएपछि यसका लागि खट्ने विपद् टिमसहितच जनप्रतिनिधिलाई उनले खुबै धन्यवाद दिए । “तीन वर्षपछि बल्ल घरका लागि लालपुर्जा पाएका छौ , अब सरकारले दिएको पाँच लाखले न्यानो भनेपनि सानो घर बनाउने सपना बोकेको छु ,जग्गा नभएर घर बनाउन सकिएको थिएन् ।”पाइनले भने ।
उनीझै शनिबार लालपुर्जा पाएपछि खुशी छिन् स्थानीय कमलादेवी विक । बाढीले सर्वस्व लगेपछि दिक्क भएकी उनलाई नगरपालिकाले तल्लो भेगको सुरक्षित जग्गा उपलब्ध गराएयता खुबै हर्षित छिन् । “हामी सबै विस्थापीत धेरै खुशी छौ ,यसले हामीलाई टहरो हाल्ने आधार भएको महसुुस गरेका छौ , यो वर्षौदेखिको सपना थियो ।” उनले भनिन् ।
पाइन र विकझै बाह्रबिसे नगर विपद् शाखाका संयोजक रहेका दुर्गाप्रसाद भण्डारीकाअनुसार ०७७ सालका बाढीपहिरोमा र अन्य विपदमा गरी नगरभर एकसय ४३ जना विस्थापीत भएका थिए । जग्गा अभावकै कारण सरकारबाट आवासका लागि पाँच लाख पाएपनि आफ्नो जमिनको भावमा यी विस्थापीत बासकै लागि भौतारिरहेका थिए । यसअघि पहिलो चरणमा १४ र शनिबार २२ जना गरी ३६ परिवारले आवासका लागि जग्गाको लालपुर्जा दिइएको भण्डारीले बताए ।
शनिबार प्रतिनिधि सभा २ का संघिय सांसद तथा पूर्वस्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेत उपमेयर मंञ्जु तामाङलेले पीडित परिवारलाई लालपुर्जा दिएका छन् । “नगरपाकिाभर यसअघिका गरी ७० परिवार अहिले आवास पुनर्निर्माणको चरणमा देखिएका छन् , भने ३६ परिवारले जग्गा पाएका छन् , उनीहरु खुशी छन् नै हामी जनताको सेवाका लागि खटिरहेकालाई पनि यो कामले ठूलो उत्साह प्राप्त भएको छ।” मेयर बस्नेतले भने । एकसय ४३ मध्ये ३६ परिवारलाई लालपुर्जा दिइएपनि बाँकी एकसय ७ परिवारको जग्गाका लागि पनि नगर लागिरहेको उनले जनाए ।
विस्थापीतको जग्गा खरिदका लागि संघबाट ५५ ,प्रदेशबाट ३० र स्थानीय तहबाट १५ प्रतिशत बजेट छुट्याइने गरिएको छ । जसमा बाह्रबिसे नगरपालिकाले एक करोड बजेट राखेको थियो । हामी सुरक्षित जग्गा पहिचान गरेर ,नगभरका विस्थापीतलाई जग्गा दिने काममा लागेका छौ ,उनले भने ।