सिन्धुपाल्चोक । चालू आर्थिक वर्षको ९ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाे छ । चालू वर्षमा भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो हुँदा ताताेपानीले उल्लेख्य सुधार गरेकाे हाे ।
चीनतर्फका प्रमुख भन्सार कार्यालयहरु तातोपानी र रसुवागढी भन्सारले लक्ष्यअनुसार राम्रो राजस्व संकलन गरेका छन्।
तातोपानी भन्सारले ५ अर्ब ५९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको थियो । यो अवधिमा ८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ।
लक्ष्यभन्दा १ सय ५३ दशमलव २ प्रतिशत राजस्व संकलन गरेको हो।