सिन्धुपाल्चोक । हावाहुरी र असिनापानीसंगै आएको चट्याङ लागेर सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा १६ बाख्राको मृत्यु भएको छ । बिहीबार साँझ हावाहुरी र असिनापानीसंगै आएको चट्याङ लागेर बाख्राकाे मृत्यु भएकाे हाे ।
इन्द्रावती गाउँपालिका ४ मुले स्याङबो टोलका सुर्य बहादुर तामाङको ११ वटा बाख्राकाे मृत्यु भएकाे छ । उनकाे १ तले गोठमा चट्याङ लागि गोठ पूर्ण रुपमा क्षति भएको हाे ।
यसैगरी सोही ठाउँका पदम बहादुर तामाङको एक बाख्रा , मेमा लामाको तीन वटा बाख्रा र तामाङको एक वटा बाख्रा चट्याङ लागि मरेका छन् ।