सिन्धुपाल्चोक । पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले सामूहिक गिरफ्तारीको नारासहित विरोध जनाएका छन् । देशभरका पत्रकाहरुले विरोध जनाउँदै नेपाल पत्रकार पहासंघ सिन्धुपाल्चोक शाखाले पनि धर्ना गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालयको प्रांगणमा जिल्लाका पत्रकारहरुले विरोध जनाएका हुन् ।
‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले धर्ना आयोजना गरेको हो।
सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।