झन् झन् घट्दै सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

झन् झन् घट्दै सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

फरक पत्रिका

मंगलबार, मंसिर २ २०८३

झन् झन् घट्दै सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुन(चाँदीको भाउ घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा एक हजार नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित