मेलम्चीका विद्यार्थीले गरे खाजाको गाँस कटाएर बाढीपीडितलाई सहयोग

मेलम्चीका विद्यार्थीले गरे खाजाको गाँस कटाएर बाढीपीडितलाई सहयोग

फरक पत्रिका

बिहिबार, भाद्र १८ २०८३

मेलम्चीका विद्यार्थीले गरे खाजाको गाँस कटाएर बाढीपीडितलाई सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्तीस्थित एक विद्यँलयका विद्यार्थीले आफ्नो खाजाको गाँस कटाएर रसुवा बाढी पीडितलाई सहयोग जुटाएका छन् । मेलम्ची नगरपालिकास्थित मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले रसुवाको बाढीबाट प्रभावितका लागि खाजा खर्च कटाएर सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययनरत १ देखि १२ कक्षासम्मका विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम कटाएर तथा व्यक्तिगत रुपमा बचत गरेको रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन् । विद्यार्थीहरुले १५ हजार ५ सय १५ रुपैयाँ सहयोग गरेका छन् ।
विद्यार्थीबाट बुधबार संकलन भएको १५ हजार ५ सय १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका शिक्षक लेखनाथ भट्टराईले बताए ।
बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वेच्छिक रुपमा रकम संकलन गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित