वाग्मती बक्सिङ संघको नेतृत्वमा रामचन्द्र, सिन्धुपाल्चोकका नयन बने कोषाध्यक्ष

वाग्मती बक्सिङ संघको नेतृत्वमा रामचन्द्र, सिन्धुपाल्चोकका नयन बने कोषाध्यक्ष

फरक पत्रिका

मंगलबार, बैशाख २९ २०८३

वाग्मती बक्सिङ संघको नेतृत्वमा रामचन्द्र, सिन्धुपाल्चोकका नयन बने कोषाध्यक्ष

काठमाडौं । वाग्मती प्रदेश बक्सिङ संघको दोश्रो साधारणसभा तथा अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । रामचन्द्र थापामगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ समितिको उपाध्यक्षमा अनिलप्रसाद दाहाल रहेका छन् । सचिवमा रामकृष्ण सपराजुली चयन हुँदा कोषाध्यक्षमा नयनबहादुर भण्डारी चयन भए । भण्डारी सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गर्दै कोषाध्यक्षमा सर्वसहमत भएका हुन् ।
त्यस्तै सदस्यहरुमा अनुषा थापामगर, संगीता राना, कृष्णबहादुर ुमाल, हरि खतिवडा र अमित मानन्धर रहेका छन् ।
वाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य, प्रदेश खेलकुद बिकास परिषद वाग्मती प्रदेशका बोर्ड सदस्य कल्पना खड्काको बिशिष्ट आतिथ्य र नेपाल बक्सिङ महासंघका पदाधिकारी सरोकारवाला बक्सिङ खेलका प्रशिक्षक निर्णायक जिल्ला बक्सिङ संघका पदाधिकारी प्रतिनिधि पर्यबेक्षक र पत्रकारका उपस्थितिका बीच काठमाडौं जडिबुटीमा अधिवेशन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित