इन्द्रावती नदीमा बेपत्ता अन्जिताको शव फेला, निर्जलासँगै नागरिकता बनाउन गाउँ आएकी थिइन् उनी

इन्द्रावती नदीमा बेपत्ता अन्जिताको शव फेला, निर्जलासँगै नागरिकता बनाउन गाउँ आएकी थिइन् उनी

फरक पत्रिका

मंगलबार, बैशाख १५ २०८३

इन्द्रावती नदीमा बेपत्ता अन्जिताको शव फेला, निर्जलासँगै नागरिकता बनाउन गाउँ आएकी थिइन् उनी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ११ मेलम्चीस्थित इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता अन्जिता ज्योतिको पनि शव फेला परेको छ ।पाँचपोखरी थाङपाल गाउँपालिका ६सियालेकी ज्योतिको बेलिबृजबाट एक सय मिटर तल मेलम्चीमा शव फेला परेको हो ।
खोलाले बगाएको दुईमध्ये अर्की एक किशोरीको हिजै शव फेला परेको थियो। सँगै नुहाउन गएको मेलम्चीकी १८ वर्षीया निर्जला गिरीको हिजो शव फेला परेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–११ स्थित इन्द्रावती खोलाले सोमबार नुहाउने क्रममा दुई किशोरीलाई बगाएको थियो ।
प्रहरीकाअनुसार मेलम्ची ९ कि १८ वर्षीया निर्जला गिरी मृत अवस्थामा फेला परेकी हुन् भने अर्की किशोरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ की १४ वर्षीया अन्जिता ग्योतिको शव आज भेटिएको हो ।
निर्जला मामाको छोरी हुन् भने अन्जिता फूपूको छोरी हुन्। निर्जला सानैदेखि आफ्नो फूपूसँगै बस्दै आएकी थिइन्। उनी ३ वर्षको हुँदा आमाको मृत्यु भएको थियो भने केही वर्षपछि बावु पनि बेपत्ता भए । अभिभावकविहीन भएपछि निर्जलालाई फूपूले स्याहार्दै आएकी थिइन्।
वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार खोलाले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरीक्षक योगेश खरेलको कमाण्डमा ७ जनाको टोली तत्काल खटिएको थियो।
खोज तथा उद्धारका क्रममा घटनास्थलबाट करिब १ किलोमिटर तल खोलाको किनारमा निर्जला गिरी मृत अवस्थामा फेला परेकी थिइन्।
काठमाडौँमा नै बसेर पढ्दै आएका उनीहरु नागरिकता बनाउनको लागि सिन्धुपाल्चोक आएका थिए। अन्जिता र निर्जला दुवैजनाको नागरिकता बनाउनका लागि अन्जिताका बुवाले गाउँ ल्याएका थिए।
बेपत्ता किशोरीको खोजीका लागि मंगलबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालित भई खोज तथा उद्धार गररेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित