प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्छु भनेका सानुभाई समातिए

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्छु भनेका सानुभाई समातिए

फरक पत्रिका

सोमबार, बैशाख ७ २०८३

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्छु भनेका सानुभाई समातिए

काठमाडौं । प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्छु’ भन्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाई भनिने साजन बिष्ट छन् ।
उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्छु’ भनेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले सानुभाई नामको फेसबुक आईडीबाट ओली, लेखक र पूर्वउर्जा मन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न भनेका थिए । अन्यथा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न टिम बाध्य हुने बताएका थिए ।
यसरी धम्की दिने सानुभाईलाई सिनामंगलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित