साम्बाले भनिन् – सहयोग अब रोकिदिनुस्

साम्बाले भनिन् – सहयोग अब रोकिदिनुस्

फरक पत्रिका

मंगलबार, फाल्गुन १२ २०८२

साम्बाले भनिन् – सहयोग अब रोकिदिनुस्

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि लाग्ने रकम आफूले मागेको सहयोग अब रोकिदिन आग्रह गरेकी छन् ।
उपचारका लागि २४ घण्टामै झण्डै डेढ करोड रूपैयाँ संकलन भएपछि उनले अब समर्थक् तथा विभिन्न संस्थाबाट आउने रकम रोकिदिन आग्रह् गरेकी हुन् ।

दाहिने घुँडामा चोट बोकेकी साम्बाले आफ्नो उपचार गराउनका लागि सरकार र अखिल नेपाल फुटबल संघको सहयोग नपाएको भन्दै सोमबार सहयोगका लागि आह्वान गरेकी थिइन्।

उनको आह्वानपछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको छ। साम्बाको उपचारमा एक करोड रुपैयाँ लाग्ने बताइएको छ।

‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ साम्बाको भनाइ छ।

साथै साम्बाले सबैलाई धन्यवाद दिँदै छिटै नेपालको जर्सीमा मैदान फर्कने बाचा समेत गरेकी छन्।

उनले भनेकी छन्, ‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।’

अस्ट्रेलियाको ुनिन्जा ए(लिगु क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको ुएसिएलु पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाएकी थिइन्।

ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते भएकी थिइन्। यो चोट निको भएर पुनस् मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।

यसअघि पनि उनी चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन्। २०७८ सालमा मैदान फर्कनुअघि साम्बा एन्फाको पहलमा कतार पुगेकी थिइन्। जहाँ उनले शल्यक्रिया गराएकी थिइन्। तर यसपटक एन्फाबाट सहयोग नपाएको उनको गुनासो थियो। यसपटक पनि साम्बाले कतारमै उपचार गर्ने योजना बनाएकी थिइन्। कतारमा उपचार गर्दा न्युजिल्यान्डको क्लबको बिमाले काम नगर्ने भएकाले उनले एन्फाबाट सहयोग खोजेकी थिइन्।

साम्बा र वेलिङ्टन फोनिक्सबीच दुई वर्षको सम्झौता छ। उनी चोटबाट फर्किएपछि क्लबमा फेरि आबद्ध हुने क्लबको भनाइ छ।

साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेकी थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।

उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित