आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

फरक पत्रिका

बुधबार, फाल्गुन ६ २०८२

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ। सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार सय रूपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार तोलामा चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित