मध्यभोटेकोशीको अध्यक्षमा ढकाल नियुक्त

मध्यभोटेकोशीको अध्यक्षमा ढकाल नियुक्त

फरक पत्रिका

बुधबार, माघ १ २०८२

मध्यभोटेकोशीको अध्यक्षमा ढकाल नियुक्त

उकाठमाडौँ । सिन्धुपाल्चाेकमा रहेकाे मध्य–भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीको नयाँ अध्यक्षमा तुलसी राम ढकाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । चिलिमे जलविद्युत कम्पनीको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आबद्ध नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाललाई मध्य–भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा चयन गरिएको हो।
यसअघि अध्यक्ष रहेका सुभाष कुमार मिश्रले उमेर हदका कारण नेपाल विद्युत प्राधिकरणबाट अवकाश पाएसँगै अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा सञ्चालक समितिका सदस्य ढकाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ।
मध्य–भोटेकोशी जलविद्युत कम्पनी सिन्धुपाल्चोक जिल्लाबासी तथा सर्वसाधारणको उल्लेखनीय सेयर लगानीमा स्थापना भएको १०२ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाबाट वार्षिक करिब ५९ करोड युनिट बिक्रीयोग्य विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित