महिनादिनपछि खुल्यो कोदारी राजमार्ग, भित्रिन थाले दसैंका सामग्री

महिनादिनपछि खुल्यो कोदारी राजमार्ग, भित्रिन थाले दसैंका सामग्री

फरक पत्रिका

मंगलबार, असोज ७ २०८२

महिनादिनपछि खुल्यो कोदारी राजमार्ग, भित्रिन थाले दसैंका सामग्री

सिन्धुपाल्चोक । एक महिनादेखि अवरुद्ध सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका जोड्ने कोदारी सडक खण्ड सञ्चालनमा आएको छ । कोदारीको इकु भीरमा गएको पहिरो पन्छाउन नसकेपछि यो सडकखण्ड बन्द रहेको थियो ।

कोदारी सडक खण्डको भोटेकोशी गाँउपालिका २ इकोसहितको चार ठाँउको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि तातोपानी नाकासमेत खुलेको छ । अहिले नाकाबाट कारोबार भइरहेको छ । नाका खुलेपछि चीनको विभिन्न समहमा अड्किएका चाडपर्व लक्षित सामान बोकेका कन्टेनरका सामान नेपाल भित्रिन थालेका छन् ।

अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको थियो । इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो । सबै सडकखण्ड मर्मतपछि अहिले कन्टेनर आउजाउ भइरहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित