११ दिन भयो खुलेन कोदारी सडक, सामान लोड गरेका ६ सय कन्टेनर नाकामै अड्किए

११ दिन भयो खुलेन कोदारी सडक, सामान लोड गरेका ६ सय कन्टेनर नाकामै अड्किए

फरक पत्रिका

बुधबार, साउन २९ २०८२

११ दिन भयो खुलेन कोदारी सडक, सामान लोड गरेका ६ सय कन्टेनर नाकामै अड्किए

सिन्धुपाल्चोक । गएको साउन १८ गतेदेखि अवरुद्ध भएको कोदारी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित इकुमा पहिरो गएको ११ दिन हुँदासमेत अझै पन्छाउन नसकिएको हो ।
सडक अवरूद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन। लेदोसहितको पहिरो पन्छाउन नसकिएको हो ।

करिब दुई किलोमिटर अवरूद्ध भएको सडक नखुल्दा व्यवसायी मात्रै होइनन् आवतजावत गर्न स्थानीयलाई पनि समस्या भएको छ। सडक अवरुद्ध भएकै कारण करिब ६ सय कन्टेनर उतै रोकिएका छन् । अहिले नेपाल भित्रिएका फलफूल र तरकारी बोकेका कन्टेनरको सामान व्यवसायीले भरियालाई बोकाएर पहिरो कटाउन थालेका छन्।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटा तातोपानी नाका र त्यहाँको समस्याबारे जानकारी गराउँदा पनि सरकारले चासो नदिएको बताउँछन्।

ुसरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिएन,ु अध्यक्ष सापकोटाले भने, ुपहिरो पन्छाउन एउटा टिपर र स्काइभेटरले मात्रै हुँदैन। संघीय सरकारले नाका खोल्नुपर्छ भनेर लाग्नुपर्छ।

सडक निर्माण नहुँदा नजिकिँदै गरेको चार्डपर्वको लागि समयमा सामान नआउँदा बजार महंगो हुने निश्चित जस्तै छ। राज्यले सडक खुलाउन चासो नदिँदा व्यवसायीहरू मारमा परेका छन् ।

फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्‌किएका छन्। कतिपय नेपाल नै आइसकेको छ। अब कुहिने स्थित छ।

स्याउ,आँप,अङ्गुर, लसुन, प्याजलगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डमा राखिएको छ।

सडक खुलाउन आफूहरूले मेहनत गर्दा पनि अझै लेदो बगेर खुलाउन नसकेको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले बताए।

आपतकालिन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए।

ुसंघीय सरकारले खासै चासो दखाएन। आपतकालिन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्थ्यो,ु अध्यक्ष बस्नेतले भने, ुत्यति पनि राज्यले नगर्दा व्यवसायी निकै मारमा परेका छन्।ु

यस्तै, राज्यले विपद्‌मा गर्ने काममा चासो नदेखाएको उनको भनाइ छ। बिम तेर्स्याएर बाटो खुलाउन सकिने अवस्था हुँदा पनि राज्य त्यसतर्फ अग्रसर भएर काम नगर्दा करोडौंको घाटा बेहोर्नुपर्ने उनी बताउँछन्।

दसैंका सामान जति सबै अड्किएका छन्। लत्ता कपडा पनि लोड भएर बसको छ, तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन नसकिएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित