दोलखाको पहिरोमा एक सव–इन्जिनियरको मृत्यु, मेलम्चीका सन्दिपसहित दुई गम्भीर घाइते

दोलखाको पहिरोमा एक सव–इन्जिनियरको मृत्यु, मेलम्चीका सन्दिपसहित दुई गम्भीर घाइते

फरक पत्रिका

बिहिबार, साउन २ २०८२

दोलखाको पहिरोमा एक सव–इन्जिनियरको मृत्यु, मेलम्चीका सन्दिपसहित दुई गम्भीर घाइते

सिन्धुपाल्चोक । दोलखाको विगु गाउँपालिका–१ हुरहुरेमा पहिरोमा परी एक सव–इन्जिनियरको मृत्यु भएको छ । पहिरोमा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दिप चौलागाईंसहित दुईजना घाइते छन् । बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट विदुर नगरपालिका–४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो ।

पहिरोमा परेर गम्भीर घाइते हुने दुई सव–इन्जिनियरमा सन्दिप र रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी हुन् । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना सानिमा हाईड्रोको कर्मचारी हुन् । पहिरोबाट उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको हो । चीनसँग सीमा जोडिएको लप्ची नजिकै सानिमाले जलविद्युत् निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित