सिन्धुपाल्चोकलाई वाग्मतीको कुल बजेटको ८ प्रतिशत मात्रै, अरु जिल्लालाई कति ?

सिन्धुपाल्चोकलाई वाग्मतीको कुल बजेटको ८ प्रतिशत मात्रै, अरु जिल्लालाई कति ?

फरक पत्रिका

सोमबार, असार १६ २०८२

सिन्धुपाल्चोकलाई वाग्मतीको कुल बजेटको ८ प्रतिशत मात्रै, अरु जिल्लालाई कति ?

काठमाडौं। वाग्मती प्रदेशले सिन्धुपाल्चोकलाई आफ्नो कुल बजेटको ८.४ प्रतिशत मात्रै विनियोजन गरेको छ । वाग्मतीले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको थियो ।

जसमा कुल ४१ अर्ब ४३ करोड रुपैयाँ पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यसमा सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएको हो ।

मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौँ जिल्लामा परेको छ भने दोस्रोमा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा १०.६ प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै तेस्रो स्थानमा भने नुवाकोट र काभ्रे जिल्लामा कुल बजेटको १०,१० प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक मामिला मन्त्री समेत रहेका दोलखा जिल्ला भने विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै चितवनमा ७.५ प्रतिशत,सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६.७ प्रतिशत, रामेछाप जिल्लामा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ ।

बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय , पर्यटन मन्त्रालय , खानेपानी मन्त्रालय, अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको छ ।

काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार रुपैयाँ , चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार रुपैयाँ , दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार रुपैयाँ, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार रुपैयाँ, नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रुपैयाँ , भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ , रसुवामा ९२ करोड ५२ लाख ९० हजार रुपैयाँ, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार रुपैयाँ, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार रुपैयाँ बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित