मेलम्चीमा गरियो उपभोक्ता सचेतना कार्यक्रम

मेलम्चीमा गरियो उपभोक्ता सचेतना कार्यक्रम

फरक पत्रिका

बुधबार, जेष्ठ ८ २०८२

मेलम्चीमा गरियो उपभोक्ता सचेतना कार्यक्रम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकमा मेलम्चीमा उपभोक्ता सचेतना कार्यक्रम गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उपभोक्ता अधिकार, कानुनी उपाय, गुणस्तरीय वस्तु सेवा तथा बजार अनुगमनबारे सचेतनात्मक जानकारीमुलक प्रस्तुति गरिएको थियो । उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले प्रस्तुति दिएका हुन् । कार्यक्रमले स्थानीय तहमा उपभोक्ता सचेतना अभिवृद्धिमा टेवा पु¥याएको सहभागीहरूको धारणा थिया े।

नगरप्रमुख तामाङले उपभोक्ता हित संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडा नं. ११ र १३ का वडाध्यक्ष क्रमशः  चन्द्र बहादुर तामाङ, श्रीराम घोरासैनी लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, उपभोक्ता, संघसंस्थाका प्रतिनिधि र उधोग व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रमका अध्यक्षता मञ्चका अध्यक्ष शालिग्राम अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित